पौराणिक कथामा आधारित जीतसागरको तिहार गीत(भिडियोसहित)

कलाकार जीतसागर रावतको तिहारको गीत सार्वजनिक भएको छ । भाइटीकाको पौराणिक कथामा आधारित तिहार गीत सार्वजनिक भएको हो । गतवर्षको दशैँ तिहारमा पौराणि कथा भाग-१ बहिनी कन्या को कथा ल्याएका रावतले यसवर्ष सोही गीतको भाग-२ ल्याएका हुन् ।

गीतमा भाइटीकाको महत्वबारे वास्तविक कथालाईलाई चित्रण गरिएको छ । जीतसागर रावत, शान्ति श्री परियार, सबिना बुढा र टेकराज पुनको स्वरमा सजिएको गीतमा शब्द र संगीत जित सागर रावतको रहेको छ ।

प्रेम भारती, आयुश्मा कार्की, सी देवकोटा, मुना पराजुली, कमल तामाङ, बिकी कोटल, माधव पान्डे, सरु जोशी र गोपाल आचार्य अभिनय रहेको गीत नेप्को इन्टरटेनमेन्टमार्फत सार्वजनिक भएको हो । बिनोद बाजुरालीको एरेन्जर, खडक बाजुरालीको मिक्सिङ रहेको गीतमा समीर ठोकरले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *