अमेरिकी राष्ट्रपतिमा बाइडनको जित निश्चित

किरण गुरुङ ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन (Jeo Biden)जितको नजिक पुग्दैछन् । यो निर्वाचनमा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प (Donald Trump) र डेमोक्रेटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको थियो। अमेरिकी राजनीतिक प्रणालीमा मात्र दुईवटा राजनीतिक दल रहेका छन् ( डेमोक्रेटिक र रिपब्लिकन पार्टी)।

अमेरिकी राष्ट्रपतिको निर्वाचन हरेक चार वर्षमा हुने गर्छ । १८ वर्ष उमेर पुगेपछि मात्र त्यहाँका नागरिक मतदान गर्न योग्य हुन्छन् । अमेरिकी राष्ट्रपति निर्वाचन अलि रहेको छ । अमेरिकामा हाल ५० राज्यहरू छन् र जसमा कुल ५३८ इलेक्टोरल कजेल रहेका छन् । हरेक राज्यको इलेक्टोरल कलेजको संख्या जनसंख्याको अनुपातमा बाँडिएको हुँदा फरक फरक राज्यमा फरक फरक रहेका छन् । राष्ट्रपति जित्नका लागि उम्मेदवारले कम्तीमा २७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ। त्यसैले यस निर्वाचनमा राष्ट्रपतिको मात्र होइन, अमेरिकी कङ्ग्रेस (US Congress)( सिनेट (Senate -100 seat) र हाउस अफ रिप्रेजेन्टेटिभ ( Housr of Representative-435 seat) को नयाँ सदस्यहरूको पनि निर्वाचन सँगै हुँदैछ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रणाली बारे केही थप जानकारी 
अहिले संसारको सारा ध्यान अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा रहेको छ ( डोनल्ड ट्रम्प र जो बाइडन मध्ये निर्वाचनको परिणाम कसको पक्षमा जान्छ ? सबैको लागि यो अत्यन्त कौतूहलको विषय हो ।

अमेरिकी राष्ट्रपति निर्वाचन सम्बन्धी व्यवस्था :
अमेरिकामा ५३८ इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो । ती राज्यहरूमा जसले धेरै लोकप्रिय मत ल्यायो, त्यस राज्यमा रहेको इलेक्टोरल संख्याको मत उसैको पक्षमा जान्छ । अर्थात् अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक इलेक्टोरल संख्या बराबर एक मत हुन्छ । यसैले अमेरिकामा राष्ट्रपति जित्न २७० इलेक्टोरल संख्या वा मत प्राप्त गर्नुपर्ने हुन्छ ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम जम्मा ३ इलेक्टोरल संख्या रहेको छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३/३ इलेक्टोरल मत आउँछ । ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ५५ रहेको छ ।

त्यस्तै, दोस्रो धेरै इलेक्टोरल संख्या रहेको राज्यहरू फ्लोरिडा र न्युयोर्कसँग समान २९/२९ र टेक्सास ३८ रहेको छ । त्यसै गरि इलिनोइस र पेन्सिनभेनियासँग २०/२० इलोक्टोरल कलेजको संख्या रहेको छ ।

अमेरिकाका धेरै राज्यहरूको चुनावी परिणाम र प्रवृत्ति पहिले नै अनुमान गर्न सकिन्छ तर केही यस्ता राज्यहरू पनि छन्, त्यहाँको मत कुन पार्टीमा जान्छ भन्ने आँकलन गर्न कठिन हुने गर्छ । त्यस्ता ‘स्वीङ स्टेट’ हरू बहरेक अमेरिकी राष्ट्रपति चुनावमा निर्णायक हुने गर्छन् । ती निर्णायक राज्यहरू यी हुन् ( फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) ।

अमेरिकामा राष्ट्रपति हुने योग्यता : 
अमेरिकामा राष्ट्रपति हुन त्यो व्यक्ति अमेरिकामा नै जन्मेको हुनुपर्छ र १४ वर्षसम्म देशभित्रै रहेको हुनुपर्छ । उसको उमेर कम्तीमा ३५ वर्ष पुगेको हुनुपर्छ र अंग्रेजी भाषा जानेको हुनुपर्छ । अमेरिकाको कानूनअनुसार एक व्यक्ति राष्ट्रपति पदमा दुई कार्यकाल भन्दाबढी चुनाव लड्न पाउँदैन ।

निर्वाचन प्रक्रिया :
अमेरिकाको राष्ट्रपति पदको निर्वाचन प्रक्रिया ज्यादै जटिल र लामो रहेको छ । अमेरिकी संविधानको अनुच्छेद २ मा राष्ट्रपतिको निर्वाचन प्रक्रिया बारे व्यवस्था गरेको छ । संविधानमा व्यवस्था गरेको ‘इलेक्टोरल कालेज’ को आधारमा राष्ट्रपतिको निर्वाचन हुन्छ । अमेरिकाको संविधान निर्माण गर्दा यी ‘इलेक्टोरल कालेज’को व्यवस्था प्रत्यक्ष राष्ट्रपति निर्वाचन र संसदद्वारा निर्वाचन गर्ने दुई प्रणाली पक्ष बीचको फ्युजन (दुई पक्षको मिलन विन्दु)को रूपमा भएको मान्न सकिन्छ ।

राष्ट्रपतिको उम्मेदवार छान्ने प्रक्रिया :
राष्ट्रपतिको निर्वाचन हुनुभन्दा पहिले पहिलो चरणमा राजनीतिक दलहरूले राष्ट्रपतिको उम्मेदवार छान्नका लागि आ-आफ्नो पार्टी सदस्य हरूबाट आआफ्नो राज्यको नियम अनुसार प्रतिनिधिहरू चयन गर्दछन् । सो प्राथमिक चरणमा चुनिएका पार्टीका प्रतिनिधिहरूले ’ककस’ र ’प्राइमरी ’ निर्वाचन माध्यम मार्फत आ-आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारको निर्वाचन गर्दछन् ।

’ककस’ र ’प्राइमरी’ निर्वाचन विधिमा अन्तर के छ ?
सम्बन्धित पार्टी सदस्यहरू उपयुक्त स्थानहरूमा भेला भई आफ्ना उम्मेदवारको चर्चा, परिचर्चा र छलफल गरि हात उठाएर आफ्नो पार्टीको तर्फका राष्ट्रपतिको उम्मेदवार चयन गर्ने विधिलाई ’ककस’ र मतपत्रको आधारमा भोट गरेर चयन गर्ने विधिलाई ’प्राइमरी’ भनिन्छ । यो ’ककस’ र ’प्राइमरी’ विधि हरेक राज्यमा त्यहाँको नियमअनुसार फरक फरक हुन्छ ।

राष्ट्रपतिको निर्वाचन प्रक्रियाको शुरूवात :
अमेरिकाको राष्ट्रपतिको निर्वाचनको प्रक्रिया आयोवा र न्यू हैंपशायरबाट शुरू गर्ने गरिन्छ । यी दुई साना राज्य हुन्, तर यहाँ कुल जनसंख्याको ९४ प्रतिशत गोरे जातिको बसोबास रहेको छ । जबकि पूरै अमेरिकामा गोरे जातिको बसोबास ७७ प्रतिशत रहेको छ । यहीबाट सबैभन्दा पहिले ’ककस’ या ’प्राइमरी’को विधिबाट राजनीतिक दलले आफ्नो दलको उम्मेदवार छान्ने प्रक्रिया शुरू गर्दछन् । जितमा यी दुई राज्यको त्यति ठूलो अर्थ नहुने भएपनि मिडिया कवरेजको हिसाबले भने यी दुई राज्यको चुनावी अभियानले अत्यन्त महत्त्वपूर्ण अर्थ राख्ने गर्दछ ।

निर्वाचनको मिति कसरी तय हुन्छ ? 
अमेरिकाको निर्वाचनको महिना र दिन बिलकुलै पहिल्यै तय भइसकेको हुन्छ । संवैधानिक व्यवस्था अनुसार हरेक ४ वर्षमा हुने राष्ट्रपति निर्वाचन वर्षको नोभेम्बर महिनाको पहिलो सोमबारपछि हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *