दिल्लीको सनदार जित

प्रज्जवल थापा। इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सनदार जित दर्ता गरेको छ।शनिबार बेलुकी भएको खेलमा दिल्लीले कलकता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ।
शरजाह क्रिकेट रंगशालामा भएको खेलमा कलकताले टस जित्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो। दिल्लीले २० ओभरमा ४ विकेटको क्षतीमा विशाल २२८ रन बनाएको थियो। दिल्लीको लागि कप्ताम श्रेयस आयर र पृथ्व सहले उत्कृष्ट ब्याटिङ गरे।
ओपनर सहले ४१ बलमा ६६ रन जोडे। उनले ४ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर शिखर धवन १६ बलम २६ रन जोडेर चर्कभर्तीको बलमा आउट भए।
त्यसपछि ब्याटिङ गर्न आएक कप्तान श्रेयस आयरले बिस्पोटक ब्याटिङ गर्दै ३८ बलमा ८८ रन बनाए। उनले ७ चौका र ६ छक्का प्रहार गरे। रिशव पन्तले १७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३८ रन जोडे। यस्तै स्टोनिस १ रन जोडेर पभिलियन फर्किदा हेटमायरले ७ रन जोडे
कलकताको लागि आन्द्रे रसेलले ४ ओभरमा २९ रन दिएर सार्वधिक २ विकेट लिए। नगरकोटी र चर्कभर्तिको नाममा १–१ विकेट रह्यो।
२२९ रनको विजयी लक्ष्य पछ्याएको कलकताले पूरा २० ओभर खेल्दै ८ ओभरको क्षतिमा मात्र २१० रन बनाउन सक्यो। विशाल लक्ष्य पछ्याएको कलकताले खासै राम्रो सुरुवात गर्न सकेन। ओपनर शुभ्मन गिल २८ रन बनाएर अमित मिश्राको बलमा आउट भए। सुनिल नरायण ३ रन बनाएर नोर्तिजेको बलमा आउट भए। त्यसपछि ब्याटिङ गर्न आएका नितेश रानाले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५८ रन जोडे।
रसेल ८ बलमा १३ रन जोडेर आउट भए। कप्तान दिनेश कार्तिकको खरान फर्म जारी रहदा ६ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङ गर्न आएका मोर्गान र त्रिपाठीले बिस्पोटक ब्याटिङ गरेपनि टोलिलाई जित दिलाउन सकेनन्। मोर्गान १८ बलमा १ चौका र ५ छक्काको मद्दतमा ४४ रन बनाएर आउट हुदा त्रिपाठी १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन बनाएर आउट भए।
दिल्लीको लागि अनृच नोर्तिजेले सार्वधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ३३ रन खर्चिए। हर्सल पटेलले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए। कगिसो रबडा, मार्कुस स्टोनिस र अमित मिश्राको नाममा १(१ विकेट रह्यो। जितसँगै दिल्ली क्यापिटल्स ६ अङ्क जोडेर शिर्ष स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *