तेहरान । तेहरान अमेरिकाले र इजरायलले चलाएको ‘अन्यायपूर्ण युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले विजयी भएको दाबी गरेको छ ।
युद्ध’ मा सैन्य र राजनीतिक दुवै दृष्टिले हामी विजयी भएका छौँ, इरानी प्रेस टिभीले आइतबार इरानी संसद्का सभामुख मोहम्मद गालिबाफको दावीलाई उदृत गर्दै उल्लेख गरेको छ ।
प्रेस टिभीले टेलिग्राममा उनको भनाइ शेयर गर्दै लेखेको छ, “इरानले अमेरिका र इजरायलको यो ‘अन्यायपूर्ण युद्ध’ विरुद्ध दृढतापूर्वक उभियो। म पूर्ण विश्वासका साथ भन्न सक्छु, सैन्य रूपमा पनि र राजनीतिक रूपमा पनि हामी यस युद्धमा साँच्चिकै विजयी भयौँ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य पूर्वाधार पूर्ण रूपमा नष्ट भएको दाबी गरिरहेका समय उहाँको यो भनाइ आएको छ ।
प्रेस टिभीका अनुसार गालिबाफले इरान र अमेरिकाबीचको समझदारी पत्र (एमओयू) लाई ‘गर्व र विजयको स्रोत’ भनेका छन् । उनले भने, “यसले कूटनीतिक मोर्चामा हाम्रो सफलतालाई अझ मजबुत बनाउनेछ ।”
उनले भने, “इरान र अमेरिकाबीचको समझदारी पत्र गर्व र विजयको स्रोत हो। यसले कूटनीतिक मोर्चामा हाम्रो सफलतालाई थप बलियो बनाउँछ।”
यसैबीच, आइतबार प्रेस टिभीले रिपोर्ट गरेको छ, “इरानका सशस्त्र बलको सेनाध्यक्षले देशका माग पूरा नभएसम्म र ‘अमेरिकी–यहदी शत्रुहरू’ लाई क्षेत्रबाट पूर्ण रूपमा पराजित नगरेसम्म पछि नहट्ने अठोट दोहोर्याएको छ ।”
उनले भने, “इरानका धैर्यशील र दृढ जनताको फलामे इच्छाशक्ति र अटल सङ्कल्पको कदर गर्दै सशस्त्र बलको सेनाध्यक्षले आश्वासन दिएको छ कि आक्रामक अमेरिकाविरुद्ध राष्ट्र र प्रिय नेताका वैध मागहरू पूरा नभएसम्म, क्षेत्रका अमेरिकी–यहुदी शत्रुहरूलाई पूर्ण रूपमा पराजित नगरेसम्म, वीर इरानी जनताका अधिकार सुनिश्चित नगरेसम्म र शत्रुलाई आत्मसमर्पण गर्न बाध्य नपारेसम्म उनीहरू पछि हट्ने छैनन्।”
इरानले भनेको छ, “इरान ओमानसँग हर्मुज जलसन्धिमा नयाँ जहाज मार्ग तोक्ने अन्तिम सम्झौताको नजिक पुगेको छ।”
