बेल्जियमको डढेलो नियन्त्रणमा हेलिकप्टर र किसानको पहल प्रभावकारी

बेल्जियम । सैन्य हेलिकप्टर र किसानले जमिनमा ट्याक्टरहरूले पानी बोकेर आइतबार आधुनिक बेल्जियमको सबैभन्दा विशाल भनिएको जङ्गलमा भएको आगलागी (डढेलो) नियन्त्रणमा प्रभावकारी सहयोग भइरहेको अधिकारीहरूले जनाएका छन् ।

यो डढेलो दुई दिनअघि जर्मनीको सीमा नजिकको सुदुर क्षेत्रमा रहेको प्रकृति आरक्ष केन्द्रबाट सुरु भएको थियो र छिट्टै ठूलो क्षेत्रमा फैलिएको थियो ।

हाइ फेन्स पार्कमा भइरहेको डढेलोसँग लड्न स्थानीय किसानहरू एकजुट हुँदा यो आगलागी थप फैलिनबाट रोकिएको छ । यो क्षेत्र कमजोर पिठभूमि र पाइन जङ्गलले भरिएको छ, जहाँ पैदलयात्रीहरू धेरै आउँछन्। उनीहरूसँगै सयौं अग्निनियन्त्रक र उद्धारकर्मी पनि डढेलो नियन्त्रणमा खटिएका छन्।

बाएलनमा आगोको किनारा नजिक ट्र्याक्टरहरूको लाम लागेको छ। उनीहरू केही माइल उत्तरमा रहेको रोबर्टभिल तालबाट पानी भरेर ल्याइरहेका छन्। यसैबीच नेदरल्यान्ड्सबाट पानी बोक्ने चिनुक हेलिकप्टरहरू पनि सहयोगमा आएका छन्।

तालकिनारको होटल व्यवस्थापन गर्ने ५४ वर्षीय ज्यान–पियरे रोबर्टले एएफपीसँगष् भने, “अहिले करिब १५ वटा ट्र्याक्टर पानी भर्न लाइनमा उभिएका छन्।”

“हामीले गाईवस्तु सारेर सबै बार खोलेर उनीहरूलाई बाटो दिएका छौँ,” उनले भने । अधिकारीहरूले आइतबारको अवस्था अझै ‘चुनौतीपूर्ण’ रहेको बताए । गृह मन्त्री बर्नाड क्विन्टिनका अनुसार जाल्हे र मोन्सचाउतिर फैलिएका दुई डढेलो अहिले ‘नियन्त्रणमा’ छन्।

शुक्रबार आगो सुरु हुँदा ८० हेक्टर मात्र जलेको थियो। शनिबार बिहान यो ८५० हेक्टर पुग्यो र आइतबार बिहानसम्म तीन हजार हेक्टरसम्म फैलिएपछि किसानहरू यसलाई नियन्त्रण गर्न स्वस्फूर्त जङुगल वरपरका षेत्रमा भेला भएका थिए ।
डढेलो कसरी सुरू भयो यसको कारण अझै अज्ञात छ । यो क्षेत्र सन् १९११ मा पनि ठूलो आगोले नष्ट भएको थियो, जुन त्यतिबेला पनि गर्मी र खडेरीको समय थियो। त्यसयता यो देशको सबैभन्दा ठूलो डढेलो हो।

पूरै क्षेत्र पहेंलो धुवाँको बाक्लो बादलले ढाकिएको छ। नजिकका दुई गाउँबाट आंशिक रूपमा मानिसहरूलाई निकालिएको छ ।

बेल्जियमभरि र जर्मनीबाट आएका अग्निनियन्त्रकहरू नयाँ प्रविधिका दमकलसहित खटिएका छन् । तर अधिकारीहरूका अनुसार यो क्षेत्रको भूभागका कारण काम ‘विशेष गरी जटिल’ छ। यहाँ घाँसे मैदान, काठका बाटाहरू छन्। भारी गाडीहरू जमिनमा धसिने जोखिम हुन्छ र अग्निनियन्त्रकहरू नजिक गएर आगो नियन्त्रण गर्न सक्दैनन्।

त्यसैले उनीहरू आकाशको सहयोगमा बढी भर परिरहेका छन् । युरोपेली कमिसनर हाद्जा लाहबिबले आइतबार एएफपीसँग भने, “स्विडेनबाट पानी खसाल्ने दुई विमान आएका छन्। यसअघि नै दुई बेल्जियम र दुई डच हेलिकप्टर काम गरिरहेका थिए।”

दुर्घटना रोक्न आकाशका साधनहरू समन्वय गर्न एक सम्पर्क अधिकारी तोकिएको छ । प्रधानमन्त्री बार्ट दे वेभरले युरोपेली साझेदारहरूलाई सहयोगका लागि धन्यवाद दिएका छन् । युरोपका धेरै भाग जस्तै बेल्जियममा पनि पछिल्ला दिनहरूमा तीव्र गर्मी र खडेरी छ । शुक्रबार केही ठाउँमा तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको थियो, जसले आगो फैलन सजिलो बनाएको छ ।

तर उद्धार टोलीले आगो सुरु भएको ठाउँसम्म अझै पुग्न सकेका छैनन्। त्यसैले डढेलो लाग्नाको सही कारण पत्ता लाग्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *