डोमिनिक काल्भर्ट लेविनको ह्याट्रिकमा एभर्टन विजयी

  • 3
    Shares

प्रज्जवल थापा ।

इङ्लिस लिग कपअन्तर्गत बुधबार भएको खेलमा एभर्टन विजयी भएको छ । डोमिनिक काल्भर्ट लेविनको ह्याट्रिकको सहयोगमा एभर्टनले वेस्ट हाम युनाइटेडलाई ४-१ गोलले पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एभर्टनको जितमा डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक पूरा गर्दा रिचार्लिसनले एक गोल थपे । वेस्टहामको लागि रोबर्ट स्नोडग्रासले एक गोल गरे । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको ११ औं मिनेटमा माइकल केनको पासमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए ।

दोस्रो हाफको सुरुवातमै फिलोपे एन्डर्सनको पासमा रोबर्ट स्नोडग्रासले गोल गर्दै पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए । त्यसपछि भने खेलमा एभर्टन हावी भयो । ५६ औं मिनेटमा रिचार्लिसनले हमेस रोड्रिग्वेजको पासमा गोल गर्दै एभर्टनलाई खेलमा अगाडि बढाएका थिए ।

७८ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टलाई २ गोलको अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि गिल्फी सिगुर्डसनको पासमा लेविनले गोल गर्दै एभर्टनको जित सुनिश्चित गरे ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *