हजार्ड चोटका कारण तीन हप्ता बाहिर

प्रज्जवल थापा । रियल म्याड्रिडका स्टार इडेन हजार्ड चोटमा कारण तीन हप्ता बाहिर रहने भएका छन् । चोटबाट भखरै फर्किँदै टोलीमा समावेश भएका उनी एक खेलपनि खेल्न नपाउँदै फेरि घाइते भएका हुन् ।

रियल म्याड्रिड क्लबले आधिकारिक जानकारी दिँदै दाहिने खुट्टामा मसल इन्जुरी अर्थात् मांसपेशीमा चोटको कारण मैदान बाहिर रहने बताएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमकाअनुसार उनी तीन हप्ता बाहिर रहनेछन् । चोटबाट फर्किदै आज हुने भिल्लाडोलिविरुद्द खेल्ने टोलीमा समावेश भएका उनले अब बाँकी लेभान्टे काडिजविरुद्धको खेल गुमाउने छन् ।

यससँगै उनले अक्टोबर २४ मा हुने “एल क्लासिको“ अर्थात् रियल म्याड्रिड र बार्सिलोनाबीच हुने खेलपनि गुमाउन सक्नेछन् । अघिल्लो वर्ष इङ्लिस क्लब चेल्सीबाट म्याड्रिड भित्रिएका उनी अघिल्लो सिजनमा पनि चोटका कारण थुप्रै खेल गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *