प्युठानमा एक कोरोना संक्रमितको मृत्यु

झिमरूक । प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवम् कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताए ।

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उनलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । उनी मधुमेह र र रक्तचापका बिरामी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *