USAID

मेयर शाहसहित ५५ जनामा कोरोना संक्रमण


वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रप्रसाद शाहलाई कोरोना संक्रमण भएको छ । मेयर शाहसहित ५५ जनामा आज शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये बाराका तीन सर्लाहीका एक छन् ।

शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्धलाई पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *