मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् ।

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यादवले ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष आजै मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको आवश्यक पर्छ ।

यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक तथा स्वतन्त्र प्रदेश सभा सदस्यहरूसहित ६३ प्रदेश सांसदको समर्थन छ ।

मधेश प्रदेशमा प्रदेश प्रमुख मिश्रले पुस २८ गते अपराह्न चार बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *