मोती सार्थक सम्मान रानालाई

गलकोट । यस वर्षको मोती सार्थक सम्मान कला क्षेत्रका क्याप्टेन पूर्णबहादुर रानालाई प्रदान गरिने भएको छ ।सार्थक प्रकाशन बागलुङले विसं २०७४ देखि विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई प्रत्येक वर्ष मोती सार्थक सम्मान प्रदान गर्दै आएको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । सो सम्मान यसअघि २०७४ मा बागलुङका वरिष्ठ पत्रकार बिदुर खड्का, २०७५ मा चिकित्सक डा हेमा छन्त्याल र २०७६ मा मुस्ताङका पत्रकार भीम रसाइलीले प्राप्त गर्नुभएको थियो ।

यसैगरी धवल कला मन्दिरबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको धवल मोती सम्मान २०७७ बागलुङका महेशचन्द्र प्रधान र रमेशकुमार राजभण्डारीलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । स्मृति प्रकाशनबाट प्रदान हुने स्मृति युवा सम्मान २०७७ बाट गलकोटका सुन्तली कुँवर र सरिता खड्कालाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष रोशनले जानकारी दिनुभयो ।

धवल कला मन्दिरले साहित्य र कला सङ्गीतमा योगदान पु¥याउँदै आएका व्यक्तिलाई विसं २०७४ र स्मृति प्रकाशनले विसं २०६५ देखि प्रत्येक वर्ष युवा सहित्यकारलाई सम्मान गर्दै आएको छ । ती सम्मान विसं २०७४ मा कृष्णलाल शाक्य, पद्मनारायण श्रेष्ठ, २०७५ मा सूर्यप्रसाद मिलन र इन्द्रकुमारी श्रेष्ठ र २०७६ मा ठाकुरजङ्ग राजभण्डारी र मछिन्द्र शाक्यले प्राप्त गर्नुभएको थियो । तीनवटै फरक–फरक संस्थाबाट प्रदान गरिने सम्मान सामूहिकरूपमा अगामी भदौ ३ गते मोती जयन्तीको अवसरमा प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *