कर्साङ र प्रश्ना लामाको जुनी जुनी बजारमा

काठमाडौ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका प्रश्ना लामाको आवाजमा रहेको जुनी जुनीु बोलको गीत बजारमा आएको छ । अनलाइन प्रेस मिटमार्फत उनीहरूले सो गीत रिलिज गरेका हुन ।

गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एवम् संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन, स्वर र मिक्सिङ रहेको छ भने गायिका प्रश्ना लामाले स्वरमा साथ दिएकी छन् ।

गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एवम् निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन ।

उक्त भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल, अमिर दोङ, बाबु जिम्बा, टेकेन्द्र कार्की, कमल फुयाँल, हेरुका लामा, प्रश्ना लामा, जेम्स तामाङ, बिक्रम पौडेल, आकाश तामाङ, विवेक लोप्चन, बल बहादुर खालिङलगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *