भीषण बर्षापछि आएको बाढीमा परी ३६को मृत्यु ६६ बेपत्ता

जाकर्ता । इन्डोनेसियाको सुलावेसी टापुमा व्यापक वर्षापछि आएको बाढीमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ६६ जना हराइरहेका इन्डोनेसियाली अधिकारीले बताएका छन् ।

गत सोमबारपछि परेको अविरल वर्षाका कारण आएको बाढीले वस्तीहरू डुवानमा परेको र ३६ जनाको मृत्यु भएको र हराइरहेका अन्उ ६६ जनाको खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीले देशको लुहू क्षेत्रका कम्तीमा १४ हजार परिवारको घरहरूमा पूर्णरूपमा क्षति पु¥याएको जनाइएको छ । उनीहरूलाई टेन्ट र अस्थायी टहरा बनाई व्यवस्थापन गरिएको सरकारी अधिकारीले बताएका छन् ।

“वेपत्ता भएका कसैलाई जीवित भेट्ने आशा क्षीण रहेको तर खोजी कार्य जारी रहेको छ,” अलुवुका उद्धार समूहका संयोजक एण्डी मुक्तिले एएफ्पीलाई बताउनुभयो ।

डुवानपछि वस्तीहरूमा दुई मिटरसम्म माटो जमेकोले उद्धारबाट कसैलाई जीवित पाउने आशा हराइसकेको तर खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

बाढीले ल्याएको माटोले हजारौँ घरहरू तथा सरकारी तथा गैर–सरकारी भवनहरूलाई पुरेको बताइएको छ । कतिपयले घरको पानी भाँडाले निकालेर हिलो तथा पानीमाथि नै रात विताइरहेका छन् भने बढी प्रभावित केहीलाई सुरक्षित् स्थानमा सारिएको छ ।

इन्डोनेसिया राजधानी जकार्ताको छिमेकी जाभा टापूमा यस अघि जनवरीमा आएको बाढीमा परी कम्तीमा ७० जनाको मृत्यु भएको थियो । इन्डोनेसियामा बाढीका कारण हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *