USAID

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन : परराष्ट्र मन्त्रालय


काठमाडौं । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति स्पष्टीकरण दिएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको मन्त्रालयले बताएको छ । ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’ विज्ञप्तिमा भनिएको छ

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *