USAID

भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा : गृहमन्त्री थापा


काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले सीमा क्षेत्रमा सडकरुपी बाँध बनाउँदा नेपाली भूमि डुवानमा परेको र यस्तो गतिविधि हस्तक्षेप नै भएको बताएका छन ।

‘राजनीतिक रुपमा भन्दा यो भारतले नेपालमा गरेको हस्तक्षेप नै हो, उनीहरुले आफ्नो हित हेरे, तर नेपालको हितलाई ध्यान दिएनन्,’ थापाले भने ।

भारतीय प्रधानमन्त्री नेपालमा आउँदा यससम्बन्धी सम्झौताहरु भएका तर सम्झौताको सही ढंगले कार्यान्वयन नभएको मन्त्री थापाले बताएका छन । छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सीमामा भारतद्वारा निर्मित सडक र बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *