घट्दै कोरोनाका संक्रमित, २४ घण्टमा ७० सङ्क्रमित थपिए

काठमाडौं, शनिबार कोरोनाका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको जानकारी दिएको छ ।


पछिल्लो चौबिस घण्टामा तीन हजार ६४८ जनामा कोभिड–१९ को परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म ८ हजार ४ सय ४२ जना निको भएका छन भने ८ हजार २३९ जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन ।

नेपालामा पहिलेको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । हिजो ११८ संक्रमित थपिएकोमा आज ७० जना थपिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *