USAID

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक एक साताका लागि स्थगित भएको जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

पटक पटक स्थगित हुँदै आएको स्थायी समितिको बैठक आज ११ः०० बजेका लागि तय गरिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *