काठमाडौं । साफ च्याम्पियनसिप फूटबल अन्तर्गत भारतविरुद्ध केहि समयमा शुरु हुने खेलको लागि नेपालको शुरुवाती ११ घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा नेपालको शुरुवाती ११ घोषणा गरेका हुन् ।
श्रीलंकाविरुद्धको खेलमा शुरुवात गरेका खेलाडीबाट अल्मुताइरीले तीन खेलाडी परिवर्तन गरेका छ्न् । उक्त खेलमा शुरुवात गरेका विशाल राई, अन्जन विष्ट र नवयुग श्रेष्ठको स्थानमा दिनेश राजवंशी, सुजल श्रेष्ठ र मनिष डाँगीले मौका पाएका छन् । मनिषले पहिलो खेलमा निर्णयक गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।
नेपालको शुरुवाती ११: किरण चेम्जोङ(गोलकिपर, कप्तान); गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल; रोहित चन्द, तेज तामाङ, पुजन उपरकोटी; सुमन लामा, मनिष डाँगी, सुजल श्रेष्ठ
