प्रदेश एकको प्रदेशसभा बैठक दोस्रो दिनपनि स्थगित

विराटनगर । प्रदेश एकको आठौँ तथा बजेट अधिवेशनको १५औँ बैठक मंगलबार पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर बिरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि नमानेपछि प्रदेशसभाको अर्को बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले जानकारी दिए ।

आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *