पोखरा । पोखरामा उपचाररत् एकजना कोरोना संक्रमित स्थानीयको पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले दिएको जानकारीअनुसार साउन १७ गते अस्पताल भर्ना गरिएका ती पुरुषको आईसीयूमा राखेर उपचार हुँदैआएको थियो । उनी मधुमेहका रोगी थिए ।
प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी तेस्रो व्यक्ति हुन् भने योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या पाँच पुगको छ । मृतकको सम्पर्कमा आएको व्यक्तिहरुमध्ये पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङबाट ६ जनालाई केही दिनअघि संक्रमण पुष्टि भएको थियो ।