प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एउटै खेलमा दुई कीर्तिमान बनाएका छन् । गएराति ससौलोविरुद्वको खेलमा एक गोल गर्दै रोनाल्डोले दुई कीर्तिमान बनाएका हुन् ।
पोर्चुगिज स्ट्राइकर रोनाल्डो युभेन्टसबाट मात्र ३ सिजनमा १ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् । पाँच पटक बेलन डि’ओर विजेता रोनाल्डोले बुधवार राति ससौलोविरुद्व पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै कीर्तिमान हात परेका हुन् । उक्त खेल युभेन्टसले २-० गोलले जितेको थियो । सन् २०१८ मा रोनाल्डोले ससौलो विरुद्व नै युभेन्टसबाट पहिलो गोल गरेका थिए ।

रोनाल्डो युभेन्टसबाट सार्वधिक गोल गर्ने खेलाडीको सुचिमापनि दसौं स्थानमा उक्लिएका छन् । यस्तै रोनाल्डो तीन छुट्टाछुट्टै क्लब र राष्ट्रिय टोलीबाट १ सय गोल पुरा गर्ने पहिलो खेलाडीपनि बनेका छन् । रोनाल्डोले यसअघि म्यान्चेस्टर युनाइटेड(११८) र रियल म्याड्रिड(४५०) बाट १ सय बढी गोल गरिसकेका छन् । यस्तै रोनाल्डोले पोर्चुगलबाटपनि १ सय ३ गोल गरिसकेका छन् ।
हाल युभेन्टस सिरि एमा च्याम्पियन्स लिगको स्थानको लागि कडा प्रतिस्पर्धा गरिराखेको छ । हाल युभेन्टस ३६ खेलबाट ७२ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा छ ।
यो पनि पढ्नुहोस्:- रोनाल्डो र डिबालाको कीर्तिमानी गोलमा युभेन्टस विजयी
