एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो नेपालको लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए उनले ५८ बलमा ५ चौका प्रहार गरे यस्तै रोहित कुमार पौडेलले १९, मोहम्मद आसिफ शेखले १८ र देव खनालले १० रन बनाए

बहराइनको लागि इम्रान जाभेद अन्वारले दुई विकेट लिए

यसअघि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको खेलमा टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो । बहराइनको लागि फैज अहमदले १५, मुहमद वासिमले १३ र अलि डावुडले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ४ मेडन राख्दै १४ रन दिएर पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले तीन विकेट लिँदा करण केसीको नाममा दुई विकेट रह्यो ।

जितसँगै नेपालले दुई अंक जोडेको छ अब नेपालले दोस्रो खेल बिहिबार आयोजक मलेसियासँग खेल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *