भोटेकोसी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ । भोटेकोसी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा भोटेकोसी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *