शीर्ष स्थानको एथ्लेटिकोको महत्त्वपूर्ण जित

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको शिर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले महत्त्वपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा म्याड्रिडले रियल सोसिडाडलाई २-१ गोलले हराउँदै उपाधि होडमा थप बलियो बनेको हो ।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एथ्लेटिकोलाई जित दिलाउन यानिक कारास्को र एन्जल कोरेराले एक/एक गोल गरे । सोसिडाडको लागि इगोर जुबेल्डिएले सान्त्वना गोल गरे । एथ्लेटिकोले पहिलो हाफमै २ गोल गरेको थियो । १६ औं मिनेटमा लोरेन्टेको पासमा कारास्कोले गोल गर्दै एथ्लेटिकोलाई खेलमा अगाडि बढाएका थिए ।

२६ औं मिनेटमा सुवारेजको पासमा कोरेराले गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा मार्टिनको पासमा जुबेल्डिएले गोल गर्दै सोसिडाडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा सोसिडाड २-१ गोलको हार बेहोर्न बाध्य भयो ।

जितसँगै एथ्लेटिकोले दोस्रो स्थानमा बार्सिलोनामाथि ४ अङ्कको अग्रता लिएको छ । हाल एथ्लेटिको ३६ खेलबाट ८० अङ्क जोड्दै अङ्क तालिकाको शिर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *