हामी सानो छँदा
हाम्रा बाले हामीलाई भन्नुभयो-
‘लुगा लगाओ छोराछोरी हो
नांगै हिँड्नु हुँदैन लाज हुन्छ।’
तिनीहरु ठूला भएपछि
तिनीहरुका बाले तिनीहरुलाई भन्नुभयो-
‘लुगा फुकाल छोराछोरी हो
लाएर हिँड्नु हुँदैन, लाज हुन्छ !!’
अर्जुन पराजुली
हामी सानो छँदा
हाम्रा बाले हामीलाई भन्नुभयो-
‘लुगा लगाओ छोराछोरी हो
नांगै हिँड्नु हुँदैन लाज हुन्छ।’
तिनीहरु ठूला भएपछि
तिनीहरुका बाले तिनीहरुलाई भन्नुभयो-
‘लुगा फुकाल छोराछोरी हो
लाएर हिँड्नु हुँदैन, लाज हुन्छ !!’
अर्जुन पराजुली