‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौँ । नेपाल पानोरामा अन्तर्गत प्रदर्शित ९ वटा फिल्म हरेकलाई १ लाख रुपियाँ प्रोत्साहन पुरस्कार जीवन सुनुवारले निर्देशन गरेको ‘भकुण्डे भूत’ शीर्षकको भिडियोले सर्ट भिडियो च्यालेञ्जको अवार्ड प्राप्त गरेको छ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत आह्वान गरेको ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को भिडियोले अवार्ड जितेको हो । यस च्यालेञ्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए ।

च्यालेञ्जमा अनुभव श्रेष्ठले निर्देशन गरेको द सोल अफ गुठीले दोस्रो स्थान र सौगात सापकोटाले निर्देशन गर्नुभएको झीँगु छेँः (मेरो घर) ले तेस्रो स्थान प्राप्त गरेको छ ।

काठमाडौँ फिल्म फेस्टिभलका लागि सर्ट भिडियो च्यालेञ्ज अन्तर्गत शैलेश हमालको ‘ह्याप्पिनेस’, धृटिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करण ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा ” द विगेस्ट फेस्टिभल अफ काठमाडौँ’ सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ् बुढाथोकीको ‘विहाइण्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिका : अ थ्रेड द्याद टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ गरी ११ वटा सर्ट भिडियो छनोट भएका भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *