हामी सानो छँदा…..

हामी सानो छँदा
हाम्रा बाले हामीलाई भन्नुभयो-
‘लुगा लगाओ छोराछोरी हो
नांगै हिँड्नु हुँदैन लाज हुन्छ।’

तिनीहरु ठूला भएपछि
तिनीहरुका बाले तिनीहरुलाई भन्नुभयो-
‘लुगा फुकाल छोराछोरी हो
लाएर हिँड्नु हुँदैन, लाज हुन्छ !!’

अर्जुन पराजुली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *