पोखरा । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्स हटाएको छ । शनिवार कम्प्लेक्समा रहेका ३२० वटा सटरकबलहरु हटाइएको हो । पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले त्यस स्थानमा रहेका सबै सटरकबलहरु हटाइएको जानकारी दिए ।
यसअघि नगर प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीहरूसँग निरन्तर छलफल तथा संवाद गरेका थिए । बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको नगर प्रमुख आचार्यले बताए ।
यस कार्यमा समन्वय गर्ने सबै सरोकारवालाहरू प्रति उनले आभार प्रकट गरेका छन् ।
बसपार्कका लागि अधिग्रहण गरिएको सबैक्षेत्रमा बसपार्क बनाउने गरी सुकुम्वासीहरूको व्यवस्थापन लगायतमा महानगरपालिका प्रतिवद्धताका साथ लागिरहेको छ ।
















