राइजिङ स्टार्स एसिया कपका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा सन्दीपले नेपाली टोलीको नेतृत्व गर्नेछन् । टोलीमा अनुभवी खेलाडी कुशल भुर्तेल, सोमपाल कामी र ललित राजवंशीसँगै सन्दीप जोरा, देव खनाल, बसिर अहमद, अर्जुन कुमाललगायतका खेलाडी समेटिएका छन्।

नेपालको टोलीमा पवन सर्राफ, ईशान पाण्डे, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव पनि छन्।

प्रतियोगिताको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपालले यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन्।

प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली सहभागी गराउनेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय सिनियर टोलीसमेत मैदानमा उतार्न पाउनेछन्। यद्यपि, यूएईले यसअघि नै दोस्रो रोजाइको टोली घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *