न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो एकदिवसीय सिरिज

एजेन्सी । भारतले न्युजिल्यान्डविरुद्धको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज ३–१ ले जितेको छ । आइतबार सम्पन्न सिरिजको पाँचौं तथा अन्तिम खेलमा घरेलु टोली न्युजिल्यान्डलाई २२ रनले पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो ।

माउन्ट माउन्गानुईस्थित बे ओभलमा भारतले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.१ ओभरमा १ सय ८७ रनमा समेटियो ।

न्युजिल्यान्डका लागि डिन फक्सक्रफ्टले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान मिचेल सान्टनरले २४, निक केलीले २४ तथा माइकल ब्रेसवेलले १९ रनको योगदान दिए ।

भारतका अर्शदीप सिंहले ३ विकेट लिए । अक्षर पटेल र मोहम्मद सिराजले समान २ विकेट लिँदा यश ठाकुर र औकिब नबीले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन बनाएको थियो ।

भारतका लागि अक्षर पटेल र इशान किशनले समान ४६ रन बनाए । कप्तान श्रेयस आयरले २२ तथा नमन धीरले २२ रन जोडे । मोहम्मद सिराज १४ र अर्शदीप सिंहले १४ रन बनाउँदै टोलीलाई दुई सय रनको आँकडा पार गराएका थिए ।

न्युजिल्यान्डका मिचेल सान्टनर र ज्याकोब डफीले समान तीन/तीन विकेट लिए । म्याट फिसरले दुई विकेट हात पारे ।

उत्कृष्ट बलिङ प्रदर्शन गरेका अर्शदीप सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिएका थिए ।

यस जितसँगै भारतले पाँच खेलको सिरिज ३–१ ले आफ्नो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *