काठमाडौं । छठ मनाउन नेताहरु मधेस झरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन शनिबार नै पत्नी नीकितालाई लिएर जनकपुर पुगेका थिए । उनी आइतबार जनकपुरस्थित गंगासागर पोखरीमा आयोजित धार्मिक अनुष्ठान तथा पुजाअर्चनामा सहभागी भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका सभापति गगन थापा पजि छठ पर्व मनाउन पत्नी अञ्जना केसीसहित सर्लाही पुगेका छन् । आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका सभापति थापाले छठघाटमा पूजापाठ तथा दर्शन गरेका छन्। उनी आजै राति वीरगन्ज पुग्ने र सोमबार बिहान विभिन्न छठघाटमा पुगेर व्रतालु तथा श्रद्धालुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
त्यसैगरी सभामुख डीपी अर्याल पनि छठ मनाउन मधेस झरेका छन् । सभामुख अर्याल आइतबार वीरगञ्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा सहभागी भएका छन् ।गत फागुन २१ को निर्वाचनमा एकलौटी आफ्नो पक्षमा मत पार्न सफल रास्वपा त्यसलाई डगमगाउन नदिन सभापति लामिछाने छठ मनाउन मधेस झरेका हुन् ।
यता, सर्लाही–४ बाट निर्वाचनमा पराजित भएका कांग्रेस सभापति थापा आफ्नै निर्वाचन क्षेत्रमा छठ मनाउन पुग्नुलाई पनि स्थानीय जनतासँग पुनः सम्बन्ध विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ। छठ मनाउन गएको बताएपनि नेताहरु छठको निहुँमा राजनीतिक माहौल आफ्नो पक्षमा पार्न गएको विश्लेषण गर्ने गरिएको छ ।


\
