काठमाडौँ । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्काअनुसार उनले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् ।
सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले ८० केजीतर्फ स्वर्णपदक जितेका थिए ।
उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो ।
