एम्बाप्पेको गोलमा फ्रान्स विजयी

एजेन्सी । फरवार्ड किलियन एम्बाप्पेले निर्णायक गोल गरेपछि फ्रान्सले युईएफए नेसन्स लिगमा विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको टर्कीलाई १-० गोलले हराउँदै फ्रान्सले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

टर्कीमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५४ औँ मिनेटमा मिकेल ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । ८७ औँ मिनेटमा गोलरक्षक उगुर्कान काकीर रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टर्की १० खेलाडीमा समेटिएको थियो । डी-बक्स बाहिर आउँदै फ्रान्सका बार्कोलालाई फावल गरेपछि उनलाई रेफ्रीले भीएआरमा हेर्दै रातो कार्ड दिएका थिए ।

यस्तै बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स १-० गोलले पराजित भएको हो । जितसँगै फ्रान्सले तीन अंक जोडेको छ । यससँगै मुख्य प्रशिक्षक जिनेदिन जिदानले जितसहित आफ्नो कार्यकालको शुरुवात गरेका छन् ।

गएरातिनै भएको अर्को खेलमा बेल्जियमले इटालीलाई २-० गोलले हराएको हो । स्टाडियो ओलिम्पिकोमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन मिका गोड्टस र डोडी लुकेबाकिओले एक/एक गोल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *