नेपाल समूहविजेता, क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौं । एसियाली खेलकुद अन्तर्गत जारी क्रिकेटतर्फ नेपाल क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान घरेलु टोली जापानसँग भएको खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले अङ्क बाढेका थिए । यससँगै नेपाल समूहविजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो ।

अब नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्नेछ । नेपाल समूह ‘ए’मा २ खेलबाट ३ अङ्क जोड्दै शिर्ष स्थानमा रहँदा अफगानिस्तान दुई अङ्कको साथ दोस्रो स्थानमा रह्यो । जापान एक अङ्क जोड्दै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघि कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको हो । वर्षाको कारण खेल १५ ओभरमा छोट्याइएको थियो । नेपालको लागि सन्दीप जोरा  र लोकेश बमले अर्धसतक बनाए । सन्दीपले ३२ बलमा ५ चौका र तीन छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै अन्त्यमा  ब्याटिङ गर्न आएका लोकेश बमले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५२ रन बनाउँदै नेपाललाई बलियो योगफलमा पुर्याएका हुन् । ओपनर आसिफ शेखले २१, कुशल भुर्तेलले चार तथा कुशल मल्ल र गुलसन झाले समान २/२ रन बनाए ।

जापानको लागि इयो साकुरानो थोमस, इब्राहिम टाकाहाशी, जाके कुसुडा र डेक्लान सुजुकीले समान एक/एक विकेट लिए ।

पहिलो इनिङ्स सकिने बित्तिकै पानी परेपछि खेल रद्द भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *