सरकारले चीन र भारतका सुरुङ्ग विशेषज्ञहरुको सहयोग भोलिपल्टै किन मागेन ?

डा. युवराज संग्रौला

सेना र प्रहरी थकित भएका छन् पीडित क्षेत्रमा । उनीहरुले थकानरहित काम गरेका छन् । बिदुरमा सेनाका गेटमा मानिसको ताँती छ, जानकारी माग्न । के के गर्न सक्छ सेनाले र अन्य सुरक्षा निकायले ?

१.  बट्टार क्षेत्रबाट त्रिशूली बजार जाने कुनै उपाय छैन। सडक विभागले गएर एउटा काम चलाउ तुइन हाल्न सक्छ । काठमाडौँ र ललितपुरका इन्जिनियर विभागले, इन्जिनियरिङ्ग कलेजका शिक्षक र बिद्यार्थीले यति काम गर्न सक्छन् जस्तो लाग्छ। बेत्रावतीमा पनि तुइन राखेर राहत पुग्ने व्यवस्था मिलाउन सकिन्छ । स्थानीय प्रतिनिधि र युवाहरुले मरेर काम गरेका छन् । केही सासंद गएर गाली गर्ने घोचपेच गर्ने काम बन्द गर्नुहोस् । सोच्नुहोस् यति कुरा।

२. हिजोका प्रधानमन्त्री देउवा (पाँच पटक) प्रचण्ड (तीन पटक) केपी ओली (तीन पटक) प्रधानमन्त्री हुँदा प्रहरीलाइ पाँच वटा हेलिकप्टर किन्ने बजेट किन दिनु भएन ? २०७२ सालको भूकम्पको त्रासदी त देख्नु भएको थियो । सशस्त्रलाई पाँचवटा हेलिकप्टर किन दिनु भएन । सेनालाइ दस वटा हेलिकप्टर दिन किन सक्नु भएन। अतः आजको जुन क्षति टिमुरेदेखि चितवनसम्म भएको छ, यसको उत्तरदायित्व स्वीकार गर्नुहोस् । नागरिकसँग माफी माग्नुहोस् ।

३. वर्तमान सरकारले चीन र भारतका सुरुङ्ग विशेषज्ञहरुको सहयोग भोलिपल्टै किन मागेन ? देशका सयौं इन्जिनियर जो करडौंको लगानीबाट तयार भएका छ्न उनीहरु बेपत्ता हुँदा राष्ट्रलाइ भएको क्षेति कति भयो र परिवारमाथि कत्रो बज्रपात भयो भन्ने कुरा सोच्नु भएको छ । देशका इन्जिनियरिङ्ग कलेजलाई किन सहयोग मागिएन ? राष्ट्रसँग माफी माग्नुहोस् ।

४. नागरिकहरुले जायज सूचना दिँदा पीडितका श्रीमतीले आफ्नो सरोकार राख्दा, जुन घिनलाग्दो कमेन्ट तपाईँका पार्टीका सदस्यहरू र समर्थहरु गरिरहेको छन्, सभापति रवि लामिछानेज्यू तपाईँले यस्ता कार्यकर्तालाइ पक्राउ गरि कारबाही गर्न प्रहरी र महान्यायाधिवक्तालाई अनुरोध गर्नुपर्छ । म अनुरोध गर्छु । कविन्द्रजी यो कुराप्रति तपाईँको पनि ध्यानाकर्षण गर्न चाहन्छु ।

५. यो राष्ट्रलाई अराजकता त बेथितिको दलदलमा ठेलेर सकारात्मक र देशभक्तिपूर्ण राष्ट्रिय मनोविज्ञानको बिसर्जन गर्ने षड्यन्त्र बुझ्न अझै राजनीतिक दल, कर्मचारीतन्त्र र सुरक्षा निकायहरुलाई के ले अबरोध गरिरहेको छ ?
राहत पुगेको छैन । शवको सामूहिक चिहान बनाउनु पर्ने अवस्था निर्माण भएको छ। सेनासँग दुई तीन वटा हेलिकप्टर छन् । विज्ञान र प्रविधि छैन । प्रहरीसँग हेलिकप्टर छैनन् । सशस्त्रसँग हेलिकप्टर छैनन् । खोजी गर्ने आधुनिक यन्त्र र प्रविधि छैन । पीडितहरु सेनाले, प्रहरीले सशस्त्र प्रहरी बलले नगरेको ठान्छन् । उनीहरु यी संस्थाका अभाव जान्दैनन् । नागरिकलाई गुनासो गर्ने अधिकार छ ।

हामी भू–जोखिममा छौं । कार्बन उत्पादन गरेर जलवायु परिवर्तन गर्ने पश्चिमी देशका अपराधको शिकार हामी जस्ता देशका नागरिक बनेका छौं । सरकारले यो क्षतिपूर्ति माग्न न्यायको सहारा लेओस् । राहत टुकिचे, उत्तरगया, बेत्रावती, स्याफ्रुबेँसी र टिमुरे पुर्याउने योजना तत्काल बनाओस् । सडक विभाग, नापी विभाग, इन्जिनियरिङ कलेजहरु र नागरिकका क्षति र गुमाएका कागजहरुको विवरण तयार पार्न कानुन संकायहरु र कानुन मन्त्रालय, पीडितकाविरुद्ध अपराध गर्नेहरुकाविरुद्ध फौजदारी कारबाहीका लागि महान्यायाधिवक्ताले पहल सुरु गरुन् भन्ने अनुरोध गर्दछु ।
अब यति लेखेकै कारणले अपराधीहरुका गालीले ट्रोलिङ्ग सुरु हुन्छन् । यस्ता अपराधीकाविरुद्ध आमसामाजिक संजाल प्रयोगकर्ताहरुले पनि सजग भएर प्रतिवाद गर्ने संस्कृति निर्माण गरौं । अल्गोरिदमको अस्लिलता केवल नैतिक जमातले मात्र समाप्त गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *