युरोपेली आप्रवासन नीतिमाथि अमेरिकी ‘आक्रमण’

बीबीसी । अमेरिकी रक्षा मन्त्री पेट हेगसेथले फ्रान्समा आयोजित डी–डे वार्षिकोत्सव समारोहमा युरोपेली देशहरूको आप्रवासन नीतिको आलोचना गरेका छन् । उनले युरोपका समुद्री तटहरूमा ‘आक्रमण’ भइरहेको टिप्पणी गरेका हुन् ।

नर्मन्डीमा आयोजित कार्यक्रममा बोल्दै हेगसेथले स्पेन, इटाली, ग्रीस र बुल्गेरियाका तटमा आप्रवासीहरू आउने क्रम बढेको उल्लेख गर्दै युरोपेली राजधानीहरूले त्यसबारे कदम चाल्नुपर्ने बताएका छन् ।

उनले दोस्रो विश्वयुद्धका क्रममा स्वतन्त्रताका लागि लडेका सैनिकहरूको सम्झना गर्दै ‘स्वतन्त्रता निःशुल्क नहुने’ बताएका थिए ।
हेगसेथको टिप्पणीलाई डोनाल्ड ट्रम्प प्रशासनबाट युरोपेली आप्रवासन नीतिमाथि गरिएको पछिल्लो आलोचनाका रूपमा हेरिएको छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि बेलायतमा भएको एक हत्या घटनालाई “प्रवासीहरूको ठूलो आक्रमण” सँग जोड्दै टिप्पणी गरेका थिए ।

युरोपमा पछिल्ला वर्षहरूमा आप्रवासन प्रमुख राजनीतिक मुद्दाका रूपमा उभिएको छ । कडा आप्रवासन नीतिको पक्षमा रहेका दलहरूको समर्थन पनि बढ्दो क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *