एजेन्सी । फिफा विश्वकप-२०२६ अगाडि भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल र अर्जेन्टिना विजयी भएका छन् । शनिबार राति भएको खेलमा पोर्चुगलले चिलीलाई २-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगलमा जित दिलाउन गोन्सालो गुडेज र ब्रुनो फर्नान्डेजले समान एक/एक गोल गरे । चिलीको लागि इन्जुरी समयमा लुकास सेपेडाले एक गोल फर्काए ।
यस्तै आज विहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई २-० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र गुलिअनो सिमोनले समान एक/एक गोल गरे ।
