जाजरकोटमा पहिरोमा पुरिएर दुई जना बेपत्ता, दुई घाइते

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ खारुलामा शनिबार साँझ पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वर्ष ५४ की उमा सिंह खत्री र उनकी आमा वर्ष ८३ की रति खत्री रहेका छन् ।

यसैगरी सोही ठाउँको रिसाङ्गमा पहिरोमा परि वर्ष ६० का रामबहादुर शाही र वर्ष ४५ का सिद्धिबहादुर कामी घाइते भएका छन् । दुबै जनालाई जिल्ला अस्पताल जाजरकोट लगेकोमा रामबहादुर शाहीलाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसका साथै रिसाङ्ग खारुलामा १, गैरी गाउँमा ४ र चिसापानीमा ३ वटा गरी जम्मा ८ वटा घर पहिरो मा पुरिएका छन् । उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुग्न नसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *