प्रज्जवल थापा । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी चम्केको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक/एक गोल गरे । २९ औं मिनेटमा मेस्सीको पासमा डेम्बेलेले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि बढाएका थिए । ८५ औं मिनेटमा मेस्सी आफैले गोल गर्दै बार्सिलोनालाई २-० गोलको सहज जित दिलाए ।
जितसँगै बार्सिलोना २५ खेलमा ५३ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिल्ला २४ खेलमा ४८ अङ्कको साथ चौथो स्थानमा छ ।
