आरटीएफसी मलेसियालाई नवौँ भरौल गोल्डकपको उपाधि

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्डकप फुटबलको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो ।

प्रतियोगिताको सफल आयोजनामा योगदान पुर्याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।

साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूले अनुशासित र खेल भावना अनुसार प्रतिस्पर्धा प्रस्तुत गरेकोमा प्रशंसा गरिएको छ ।

स्थानीय स्तरमा फुटबलको विकास र खेल संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमी दर्शकहरूको उल्लेखनीय साथ पाएको आयोजकले जनाएको छ ।

आयोजक पक्षले आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै थप व्यवस्थित र आकर्षक बनाउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *