इक्वालिटी कप क्रिकेटमा सिरहा र विराटनगर विजयी

मोरङ । विराटनगरमा जारी पाँचौँ इक्युवालिटी महिला क्रिकेट कप प्रतियोगिताअन्तर्गत आज भएको लिगको अन्तिम खेलमा सिरहा हव र विराटनगर हव विजयी भएका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार भएको पहिलो खेलमा सिरहाले आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ)लाई १ सय ३३ रनले पराजित गरेको छ । दुवै टिम यसअघि प्रतियोगिताबाट बाहिरिएका थिए ।

टस हारेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा १८६ रन बनाएको थियो । एनसीफले पाएको १८७ रनको लक्ष्य पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा ५३ रनमा सिमित भयो ।
यसैगरी दोस्रो खेलमा विराटनगरले राजविराजलाई २१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई ९० रन बनाएको थियो ।

राजविराजले पाएको ९१ रनको लक्ष्य १७ दशमलव एक बल खेल्दै सबै विकेट गुमाई ६९ रन मात्र बनाउन सकेको थियो । चैत ३० गते विराटनगर हव र राजविराज हवबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *