एजेन्सी । साउदी प्रो लिगमा अल नासरले एतिहासिक जित निकालेको छ । शनिबार राति भएको खेलमा अल अख्दोउदलाई २-० गोलले हराउँदै अल नासरले क्लबकै इतिहासमा पहिलोपटक लगातार १३ लिग खेलमा जित निकालेको हो ।
प्रिन्स हाथोलोउल बिन अब्दुल अजिज स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जोए फेलिक्सले समान एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई शुरूवाती अग्रता दिलाएका हुन् । ४७ औँ मिनेटमा फेलिक्सले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अल नासर २-० गोलले विजयी भएको हो ।
जितसँगै अल नासर २८ खेलबाट ७३ अंक जोड्दै अंक अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १६ अंक जोडेको अल अख्दोउद १७ औँ स्थानमा रहेको छ ।
