लगातार तेस्रो जितसँगै राजस्थान आईपीएलको शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २७ रनले हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

वर्षाले खेल शुरु हुन ढिलो भएपछि ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित ११ ओभरमा तीन विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । राजस्थानको लागि यशस्वी जैसवालले अर्धसतक बनाए । उनले ३२ बलमा १० चौका र ४ छक्काको मद्दतमा ७७ रन बनाए । यस्तै भैभव सोर्यवंशीले ३९ र कप्तान रियान परागले २० रन बनाए ।

मुम्बईको लागि एएम घाजान्फरले दुई र शर्धुल ठाकुरले एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ११ ओभरमा ९ विकेटको क्षतिमा १ सय २३ रनमात्र बनाउन सक्यो । मुम्बईको लागि शेर्फाने रुथरफोर्ड र नमन धिरले समान २५/२५ तथा तिलक वर्माले १४ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

राजस्थानको लागि नान्द्रे बर्गर, सन्दीप शर्मा र रवि विश्नोईले दुई/दुई विकेट लिंदा जोफ्रा आर्चर र तुशार देश्पान्डेले एक/एक विकेट लिए ।

जितसँगै राजस्थान रोयल्स तीन खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलबाट २ अंक जोडेको मुम्बई सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *