काठमाडौँ । माल्दिभ्समा सम्पन्न यू-२० साफ च्याम्पियनशिपमा सहभागिता जनाएर नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।
प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको थियो । फाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै बङ्गलादेश विजेता बनेको हो ।
