बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु-२० च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ यु-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १-० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

मालेस्थित राष्ट्रिय फूटबल स्टेडियममा भएको खेलमा बंगलादेशलाई जित दिलाउन एमडी मनिकले एक गोल गरे । पहिलो हाफको ११ औँ मिनेटमा मनिकले गरेको गोलनै बंगलादेशलाई जित दिलाउन निर्णायक बन्यो ।

जितसँगै बंगलादेश फाइनलमा पुग्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अब बंगलादेशले फाइनलमा भारत र भुटानबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *