अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

पाँचाँै शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले पराजित गरेको हो ।

अर्जुनचौपारी गाउँपालिकाले स्याङ्जाकै पुतलीबजार नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो । नवलपुरको बौदीकाली गाउँपालिका तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै फाइनल पुगेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा स्याङ्जाको पुतलीबजार नगरपालिका विजयी भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै पुतलीबजार तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो हुने समूहलाई क्रमशः  दुई लाख, एक लाख ५० हजार, ५० हजार र चौथोलाई रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *