प्रज्जवल थापा । युईएफए च्यामियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले संघर्षपुर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा म्याड्रिडले एटलान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

गेविस रंगशालामा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे । ८६ औं मिनेटमा लुका मोड्रिकको पासमा मेन्डीले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एटलान्टाले रियलको पोस्टमा कुनै गतिको प्रहार गर्न सकेन । बाँकी समयमा थप गोल हुन नसक्दा रियल १-० गोलले विजयी भएको हो ।
दुई टोलीबिच हुने दोस्रो लेग रियलको घरेलु मैदानमा मार्च १६ मा हुनेछ ।
