प्रज्जवल थापा । कप्तान लियोनल मेस्सीले दुई गोल गरेको खेलमा बर्सिलोनाले स्पेनिस लिग ला लिगामा सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० गोलले पराजित गरेको हो ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई र जोर्डि अल्बाले एक गोल गरे । सबै गोल दोस्रो हाफमा भएको थियो । ४८ औं मिनेटमा मार्टिन ब्राथवेटको पासमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ६९ औं मिनेटमा फ्रेन्की डियोङको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

७३ औं मिनेटमा ब्राथवेटको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० गोलको सहज जित दिलाए । जितसँगै बार्सिलोना २४ खेलमा ५० अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ ।
