आईपीएलको उद्धाटन खेलमा बैंगलुरु र हैदराबाद भिड्दै

एजेन्सी । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग(आईपीएल) आजबाट शुरू हुँदैछ । आज हुने उद्धाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबाद भिड्दैछन् । खेल चिन्नास्वामी स्टेडियममा बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

दुवै टोली आजको खेल जित्दै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा रहेका छन् । गत सिजनको विजेता बैंगलुरु यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ ।

बेंगलुरुको रजत पटिदार र हैदराबादको निमित्त कप्तानमा इशान किशनको कप्तानीमा मैदान उत्रिनेछ ।

प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । गत संस्करणको फाइनलमा बेंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेर पहिलोपटक उपाधि जितेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *