नेपाल शीर्ष स्थानमा रहँदै साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार दिउँसो भएको लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेल्दै नेपाल समूह विजेता बनेको हो ।

नेपालको लागि निशान राजले निर्णायक गोल गरेका हुन् । खेलमा १-० गोलले पछि परेको अवस्थामा निशानले ८६ औँ मिनेटमा गोल गर्दै नेपालको हार टारेका हुन् ।

जितसँगै नेपाल तीन खेलबाट ७ अंक जोड्दै समूह विजेता बन्दा समान कहलबाट दुई अंक जोडेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *